तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ को उत्पादन पुनःचालू

पर्वत। बाढीले क्षति पु¥याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन सुरुआत भएको छ । नौ दशमलव पाँच मेगावाट क्षमता भएको सो आयोजनामा यही असार २२ गते राति आएको बाढीले क्षति पु¥याएको थियो । आइतबार साँझदेखि आयोजना सञ्चालनमा आएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले आयोजनाको मुहान र झन्डै ३०० मिटर नहरमा क्षति पु¥याएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० परिचालन गरी मर्मत गरिएको थियो ।

बाढीका कारण आयोजनामा झन्डै रु साढे चारदेखि पाँच करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदी खोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उहाँको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन ।

सोही दिनको बाढीले मध्य पहाडी लोक मार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइट इन्जिनियर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो । बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पु¥याएको मध्य पहाडी लोक मार्ग एकतर्फीरुपमा सञ्चालन भएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button