एमाले स्थायी कमिटी ५ बजे बस्दै

काठमाडौं । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बेलुकी ५ बजे बस्ने बैठकले कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने छ ।हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।








प्रतिक्रिया राख्नुहोस्