छाब्दी दोभानमा डाइभर्सन बन्यो

तनहुँ । छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएपछि व्यास १ र १३ जोड्ने सडक खण्ड आइतबारदेखि सुचारु भएको छ ।
व्यास नगरपालिकाको सक्रियतामा छाब्दी दोभानमा कज्वे बनेपछि यातायातका साधन सञ्चालनमा आएको व्यास–१ का वडा सदस्य चुडामणि दाहालले बताउनुभयो ।स्थानीय अब सडक मार्ग प्रयोग गरी सवारी साधनमै आवतजावत गर्न सक्ने भएका छन् ।ह्युम पाइप प्रयोग गरेर उक्त कज्वे तयार पारिएको छ ।

आइतबार उक्त क्षेत्रमा निवर्तमान सांसद किसान श्रेष्ठ र व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले निरीक्षण पनि गर्नुभएको थियो श्रेष्ठले सङ्घ सरकारले बेलिब्रिज स्थापनामा सघाएको भन्दै काम सम्पन्न गरेर जाने बताउनुभयो । व्यास नगर प्रमुख न्यौपानेले नगरपालिकाले तत्कालको लागी आवतजावत खुलाइएको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्