तपाईँ सुन्दै हुनुहुन्छः

जोखिममा रहेका बालबालिका तथा परिवारलाई खाद्यान्न सामाग्री वितरण

बझाङ । बझाङ जिल्लामा सञ्चालित वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । 


जिल्लाको जय पृथ्वी नगरपालिकाका ५ वटा वडा, केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड १९ बाट प्रभावित घरधुरीहरूलाई खाद्यान्न वितरण गरिएको हो । 


वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३,६, ७ र ८ मा ९ सय १३ परिवारलाई प्रतिव्यक्ति ३ हजार २ सय ८४ रुपैयाँ र जय पृथ्वी नगरपालिका वडा नम्बर १,३,६,८ र ११ मा गरी ४ सय ४२ घरधुरीलाई प्रतिव्यक्ति ३ हजार ३ सय २९ रुपैयाँ ४६ पैसा बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।


संस्थाले स्थानीय तहसँग मिलेर जय पृथ्वी नगरपालिकामा १४ लाख ७१ हजार ६ सय २१ रुपैयाँ ३२ पैसा र केदारस्युँ गाउँपालिकामा २९ लाख ९८ हजार २ सय ९२ रुपैयाँ गरी ४४ लाख ६९  हजार ९ सय १३ रुपैयाँ ३२ पैसा बराबरको राहत सामाग्री वितरण गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button