तपाईँ सुन्दै हुनुहुन्छः

बम विस्फोट गराएर मध्य पहाडी लोकमार्ग खुलाउने तयारी

पर्वत । विगत एक हप्ता देखि पहिरोले अवरुद्ध भएको मध्य पहाडी लोकमार्ग खुलाउन समस्या भएपछि सेनाले बम विस्फोट गराएर खुलाउने भएको छ । 


ठूलाठूला ढुङ्गा सहितको पहिरो एक्साभेटर मार्फत पन्छाउन समस्या भएपछि बम विस्फोट गराएर सडक सुचारु गराउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँले बम विस्फोट नगराएसम्म सडक खुलाउन नसक्ने भएपछि सेनाको साथ लिएर बम विस्फोट गराउन थालिएको बताउनुभयो । कुस्मा नगरपालिका २ अर्मादीमा झरेको पहिरो पन्छाउन समस्या भएकाले केवल जङ्ग गुल्म कुस्माले बम विस्फोट गराउने तयारी गरेको हो । प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार भोलि बम विस्फोट गराउने तयारी छ । 


अर्थुङ्गे गुल्म म्याग्दीबाट कुस्माको केवलजंग गुल्मले एक सय केजी विस्फोटक पदार्थ ल्याइसकेको छ । बम विस्फोट पछि सडकको अवरोध छिचोलिने प्रहरीको विश्वास छ । मध्य पहाडी लोकमार्ग जिल्लाको मुख्य सडक हो । यो सडक बन्द हुँदा पर्वत मात्रै नभएर बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको सडक सम्पर्क विच्छेद् भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button