मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि राजविराजमा अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

सप्तरी । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०७८ असार २७ गते राजविराजमा अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
इन्सेक सप्तरीका अनुसार सन् २०२१ को जनवरीदेखि जुनसम्मको अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार इन्सेकको तथ्याङ्कमा यो अवधिमा ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले आ–आफ्नो क्षेत्रबाट मानव अधिकार संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न इन्सेकले प्रेरित गरेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पदीय व्यक्तिमा आफूलाई विशेष ठान्ने मानसिकता र सर्वसाधारणमा चेतनाको अभाव ठुलो समस्याका रुपमा रहेको बताउनु भयो । सबै जना जनताप्रति जबाफदेही हुनुपर्ने भन्नुहुँदै उहाँले शिक्षा र चेतना तल्लो तहसम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्