तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनादेखि बेपत्ता ठाकुरको शव शौचालयको सेफ्टि ट्याङ्कीमा फेला

महोत्तरी  । महोत्तरीको लोहरपट्टी नगरपालिका– ७ भ्रमरपुराबाट हराइरहेकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टि ट्याङ्की –शौचालयको हज) मा फेला परेको छ । 

एक महिनादेखि बेपत्ता भनिएको ठाकुरको शव शौचालयको सेफ्टि ट्याङ्की (शौचालयको हज) मा फेला परेको हो । 

आज बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेफ्टि ट्याङ्कीमा सुजिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष (कपाल, चुरा, कपडा) घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो । 

प्रहरीको व्यापक खोजतलास पश्चात् ठाकुरको शव कुहिएको  अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

परिवारजनले सुजिताकै शव रहेको सनाखत गरेको र बाँकी कुरा पोस्टमार्टमबाट खुल्ने महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । 

माइती पक्षले सुजिताको हत्या गरेको दाबी गर्दै आएको छ । हत्या गरेर शव लुकाएको आरोपमा प्रहरीले सुजिताका श्रीमान् मुकेश ठाकुर, देवर रुपेश ठाकुरलगायत पाँच जनालाई पक्राउ गरेको छ । 

शवको अवशेष फेला परेकै दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो । पछि पुनः सोही घटनामा संलग्न तीन जना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button