सिद्धार्थका जेहेन्दार छात्रालाई साइकल वितरण

वीरगंज । सिद्धार्थ माध्यमिक विद्यालय वीरगंजमा आज एक कार्यक्रमका बीच ८० जना छात्राहरूलाई साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकार बाट अनुदान प्राप्त साइकल आज एक कार्यक्रमका बीच सिद्धार्थ माविका छात्राहरूलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले वितरण गर्नु भएको हो ।
विद्यालयमा अध्ययनरत दलित, गरिब र जेहेन्दार विद्यार्थीहरू लाई पठन पाठनमा सहयोग पुग्ने उद्देश्यले साइकल वितरण गरिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले छात्राहरू शिक्षित भए घर शिक्षित हुने र घर शिक्षित भए समाज शिक्षित हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्