चट्याङ लागेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर आज एक पुरुषको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।
चट्याङ लागेर भीमदत्त नगरपालिका–९ मटैनाका लागि ५३ वर्षीय बिर महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले घरमै बसेका बेला चट्याङ पर्दा महराको मृत्यु भएको बताउनुभयो ।
यस्तै चट्याङमा परी घाइते भएका १८ बर्षीया लालसिंह महराको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्