कपिलवस्तुको कृष्णनगर डुबानमा

कपिलवस्तु । लगातारको वर्षाका कारण कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । कृष्णनगर वडा नं. २ को मस्जिद रोड,नगरपालिका रोड,बैङ्क रोड लगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासको लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ ।

ढल निकास निर्माणका लागि आर्थिक बर्ष २०७८/७९ मा १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले जनाउनुभयो । सुरुको तीन वर्षमा सडक विभागले हामी बनाउँछौ भनेकोले नगरपालिकाले त्यस तिर ध्यान पुर्याउन नसकेको र आउने आर्थिक वर्षमा शिवविडि फैक्ट्रिदेखी सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन १ करोड बजेट छुट्ट्याउन लागिएको नगर प्रमुख शाहले बताउनु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्