तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध मुद्धाका फरार दुई प्रतिबादी पक्राउ

सुनसरी । सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका २ प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी–२ का २८ वर्षीय विकास कार्की र मोरङ कानेपोखरी–३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन ।

फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान च्क्ष्त् समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो पक्राउ गरेको हो । पक्राउ परेका लक्ष्मणलाई सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा फरार भएका थिए ।

यसै गरी पक्राउ परेका अर्का बिकाशलाई पनि सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनि पनि फरार थिए ।

पक्राउ परेका दुबै जनालाइ सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button