तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बिर्तामोडमा करेन्ट लागेर एक पुरुषको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–१ मा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । 


मृत्यु हुने पुरुष इलामको सन्दुकपुर गाउँपालिका–२ का ३८ वर्षीय आयुस राई रहेको इलाका प्रहरी कार्यालय अनारमणिले जनाएको छ । उनी हाल बिर्तामोड–१ मा बस्दै आइरहेका थिए ।


शुक्रवार साँझ ५ बजे अर्जुनधारास्थित एक घरमा छत ढलान गरी ढलानको भाईब्ररेटर मेसिनको तार फुस्काउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमणिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button