भन्सार छलीको ६२ क्विन्टल भुटेको चना बरामद

बारा । बारा प्रहरीले भन्सार छलीको ६२ क्विन्टल भुटेको चना बरामद गरेको छ ।
बरामद गरिएको चनालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मुसहर्वा बारा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा विश्रामपुर गाउँपालिका वडा नं.३ मा बेवारिसे अवस्थामा चना बरामद गरेको हो ।
भारतबाट भन्सार छली तस्करी गरी नेपाल भित्राएको चनाको भन्सार मूल्य रू.१ लाख १६ हजार २ सय ५० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्