झ्यालको ग्रील तोडेर थुनुवा फरार
लहान । इलाका प्रहरी कार्यालय लहानबाट गए राती २ः०० बजे एक जना थुनुवा फरार भएका छन्।
थुनुवा कक्षको झ्यालको ग्रील तोडेर सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर –१ बस्ने पशुपति यादव फरार भएको प्रहरीले जनाएको छ।
फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास बुढाथोकीले बताउनुभयो ।
यादव गत ज्येष्ठ २० लागु औषध मुद्दामा पक्राउ परेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्