कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत बाजुराका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।
यसै गरी सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । हाल अस्पतालमा १६ जना सङ्क्रमितको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्