तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोनाका कारणले हुने मृत्यु दरमा व्यापक मात्रामा कमी आएको छ । 

कोरोनाका सामान्य लक्षणसहित थोरै सङ्ख्यामा संक्रमितहरु थप भए पनि मृत्यु हुनेको सङ्ख्या न्यून रहेको छ ।  

खास गरेर कोरोनाका सङ्क्रमितहरूमा जटिल स्वास्थ्य अवस्था नदेखिएकाले अधिकांश नयाँ संक्रमितहरु होम आइसोलेसनमा नै बसेर उपचार गराइरहेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालका बेडहरू अहिले खाली हुन थालेका छन् । 

प्रादेशिक अस्पतालमा अहिले १० जना कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । 

प्रदेश २ का जिल्ला अस्पतालहरूमा पनि कोरोनाका सक्रमितहरु घटन थालेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो । 

हालसम्म प्रदेशका ८ वटै जिल्लामा कोरोनाको पहिलो तथा दोस्रो लहरमा गरेर २ सय ६६ महिला र ७ सय ३१ पुरुष गरेर ९ सय ९७ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी मृत्यु बारा जिल्लामा भएको छ । बारा जिल्लामा कोरोनाका कारणले १ सय ७६ जनाको मृत्यु भएको छ । 

यसै गरी सप्तरी जिल्लामा १ सय ४७, सिराहामा १ सय ३, धनुषामा १ सय ३०, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय २६, तथा पर्सा जिल्लामा १ सय ३० जनाको कोरोनाको पहिलो तथा दोस्रो लहरमा गरेर मृत्यु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button