तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड आइसियु वार्ड आफ्नै भवनमा सर्‍यो

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसियु वार्ड आफ्नै भवनमा सारेको छ ।

कोरोना भाइरसको पहिलो र दोस्रो लहर फैलिएको समयमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले आज वार्डको उद्घाटन गर्नुभयो । उहाँले अस्पताल परिसरमै कोभिड आइसियु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताउनुभयो ।

यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले लामो समयदेखि सञ्चालन हुन नसकेको धागो कारखानामा अस्पतालले कोभिड वार्ड सञ्चालन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button