तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको तिनाउ गाउँपालिको गिट्टिखानीमा गएको पहिरोमा परी थप एक जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ५ गिट्टिखानीमा गएको पहिरोमा परी थप एक जनाको मृत्यु भएको छ ।

योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

पहिरोमा परेर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा शुक्रवार राती साढे ११ बजे लुम्बिनी मेडिकल कलेज तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

यसअघि सोही पहिरोमा पुरिएर ४५ वर्षीय बीर बहादुर गुरुङ र ४ वर्षीय आरोप परियारको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button