तपाईँ सुन्दै हुनुहुन्छः

आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

कञ्चनपुर। भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन् ।

खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वित भएका छन् । आयोजनाका लागि चार सय ५० घन मिटर क्षमताको ओभर हेड ट्याङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झन्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीको धारा जडान गरिएको बताउनुभयो ।

“ उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ”,ं उहाँले भन्नु भयो, “उपभोक्ता समेत तपिँदै जान्छन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button