तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर नगरपालिकामा फेरी तालाबन्दी, नगर सभा बैठक स्थगित

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि आज बस्ने भनिएको नवौँ नगर सभाको तेस्रो बैठक फेरी स्थगित भएको छ । 


वडा विभाजनको विषयलाई लिएर असन्तुष्ट पक्षले नगरपालिका कार्यालयमा आज फेरी तालाबन्दी गरेपछि नगर सभाको आजको बैठक स्थगित भएको नगरपालिकाका प्रवक्ता दिर्घबहादुर ठकुल्लाले जानकारी दिनुभयो । 


स्थगित बैठक यही असार ३० गते दिउसो १ बजे बस्ने प्रवक्ता ठकुल्लाले बताउनुभयो । बैठक स्थगित भएपछि कार्यालयमा लगाइएको ताला पनि खोलिएको छ । 

यसअघि पनि असार १९ गते बस्ने भनिएको नगर सभा बैठक कार्यालयमा तालाबन्दी गरिएपछि आजको लागि सारिएको थियो । 


टीकापुरका राजनीतिक दलहरूले पहिले टीकापुरको एक नम्बर वडालाई ५ र २ नम्बर वडालाई २ वडा बनाउने सहमति गरेका थिए । त्यसको विरोध भएपछि फेरी राजनीतिक दलहरूले नै एक नम्बर वडालाई ६ वडामा विभाजन गर्ने सहमति गरी टीकापुर नगरपालिकालाई खाका बुझाएका थिए । राजनीतिक दलहरूले गरेको त्यो निर्णयको विरोधमा  आक्रोशित पक्षले पटक पटक कार्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button