तपाईँ सुन्दै हुनुहुन्छः

किर्ते पास बनाई बस चलाउने एक जना पक्राउ

बारा । इलाका प्रहरी कार्यालय सिमरा बाराले किर्ते पास बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सवारी चेकजाँचको क्रममा पथलैयाबाट किर्ते बनाउने राम लखन साहलाई पक्राउ गरेको हो ।

जनकपुरबाट पोखराको लागि छुटेको बा ५ ख ८३१ नम्बरको यात्रुवाहक बसका सञ्चालक शाहलाई किर्ते पास बनाएको आरोपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।

जनकपुर उप–महानगरपालिका वडा न।२३ बस्ने शाहले जिल्ला प्रशासन कार्यालय धनुषाको छाप किर्ते गरी बस चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पत्र शङ्का लागि जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गर्दा शाहले किर्ते गरेको खुल्न आएको हो ।

पक्राउ परेका शाहका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button