पार्टी भित्रको विवाद समाधान गर्न गठित एमाले कार्यदलको बैठक जारी

काठमाडौँ । नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी बैठकमा दुवै पक्षका सबै सदस्यहरूको उपस्थिति रहेको छ । आजको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल भइरहेको छ ।
एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट रहनुभएको छ ।
एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधवार भेटवार्ता भएको थियो । कार्यदलको पहलमा भएको भेटवार्तापछि एमाले विवाद समाधाननजिक पुगेको दाबी गरिएको थियो ।
कार्यदलको बैठक बिहीबार साँझ ७ बजेबाट आज बिहान १२ः३० बजेसम्मको लागि स्थगित गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्