कपडाको झोला प्रवर्द्धन गर्ने अभियानमा जीतपुरसिमरा उपमहानगरपालिका

बारा । प्लास्टिकको झोला विस्थापित गर्ने अभियान अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले कपडाको झोला प्रवर्द्धन कार्यक्रम अघि सारेको छ ।
प्लास्टिकका झोला वातावरणमैत्री नरहेको र यसबाट बेफाइदा बढी हुने भएकाले कपडाको झोला प्रयोगमा ल्याउन उपमहानगरले अभियान सुरु गरेको हो ।
उपमहानगरले पहिलो चरण अन्तर्गत विभिन्न पाँच वटा वडामा कपडाको झोला प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिसकेको छ ।
वडा स्तरबाट अभियान सुरु गर्दा प्रभावकारी हुने देखिएकाले उपमहानगरले पहिलो चरणमा पाँच वटा वडाका स्थानियबीच झोला प्रवर्द्धन कार्यक्रम विषयक अन्तर्क्रिया गरेको छ ।
कार्यक्रममा कपडाको झोला प्रयोगको फाइदा र प्लास्टिकजन्य झोलाबाट वातावरणमा पर्ने असरका विषयमा जानकारी गराइएको थियो ।
उपमहानगरपालिकाको वातावरण शाखाकी इन्जिनियर पुष्पा सिंहले एकै पटक सबै वडामा कार्यक्रम सम्भव नभएकाले केही वडाबाट यो अभियानलाई अघि बढाएको जानकारी दिनुभयो ।
कार्यक्रम गरिएका वडाहरूमा कपडाको झोला प्रयोग गर्न स्थानीय इच्छुक देखिएको भन्दै सिंहले यो अभियानलाई अझै प्रभावकारी रुपमा अघि बढाउन सकिने बुताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्