सप्तरीमा सर्पको टोकाइबाट ६ वर्षीया बालिकाको मृत्यु
सप्तरी। सप्तरीमा सर्पको टोकाइबाट ६वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–२ हरिरावाका सन्तोष यादवकी छोरी काजल कुमारी यादव रहेकी छिन् ।
बिहीबार धारामा पानी खान गएकी काजललाई घरको भित्तामा रहेको दुलोबाट निस्केको सर्पले टोकेर घाइते बनाएको थियो ।घाइते काजललाई उपचारको लागि राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएकोमा सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्