एमाले कार्यदलको बैठक १२:३० मा बस्ने

काठमाडौं । नेकपा एमाले एकता कार्यदलको बैठक केहीबेरमा सिंहदरबारमा बस्दैछ । बैठक अहिले मध्यान्न १२ः३० मा बस्न लागेको कार्यदलका सदस्यहरुले बताउनुभएको छ ।
कार्यदलको बैठक हिजो बिहीबार साँझ ७ बजेबाट आज बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरिएको थियो । तर, आज पनि कार्यदलको बैठक १ घण्टा सरेको संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । उहाँले बैठक आज पनि पार्टी एकतामै केन्द्रीत रहने बताउनुभयो ।
केही दिन यता निरन्तर बसिरहेको कार्यदलको बैठक सकारात्मक एवम् सहमति निकट भएको नेताहरुले बताउँदै आउनु भएपनि हिजो बिहीबार साँझ सिंहदरबारमा कार्यदलका नेता घनश्याम भुषालले विगत १० दिनदेखि कुनै प्रगति नभएको बताउनुभएको थियो ।
एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली,शंकर पोखरेल,भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट रहनुभएको छ ।
एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । कार्यदलको पहलमा भएको भेटवार्तापछि एमाले विवाद समाधाननजिक पुगेको दाबी गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्