तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दे खोलाले बगाउँदा बेपत्ता पुरुषको शव फेला

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा खोला तर्ने क्रममा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् ।

बिहीबार बिहान म्याग्दे ४ घुम्तीबाट खोला तर्न लागेका अन्दाजी ४१ वर्षका मैते नेपाली आज बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले बताउनुभयो ।

उनी मीन माध्यमिक विद्यालय नजिकै खेतमा मृत भेटिएको स्थानीय भिमलाल श्रेष्ठले जानकारी दिनुभयो ।घटनास्थलमा प्रहरी पुगेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button