तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा बाढी पहिरोको कहर : ऋषिङमा दुई जनाको मृत्यु, एक जना बेपत्ता

तनहुँ । तनहुँमा बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मानवीय सँगै जिल्लाका विभिन्न स्थानमा अन्य भौतिक क्षति पु¥याएको छ ।

जिल्लाको ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै म्याग्दे गाउँपालिकामा १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिहीबार पहिरोले पुरिएर ऋषिङ–७ दधिवनकी ६० वर्षीया देवीसरा मगरको मृत्यु भएको छ ।
मगरको शव अड्किएको अवस्थामा घर नजिकै स्थानीयले फेला पारेका थिए ।

त्यस्तै पहिरोले पुरिएर ऋषिङ गाउँपालिका–८ मझकोटका ४१ वर्षीय खुमबहादुर थापाको पनि मृत्यु भएको छ । 
गोठमा भल तर्काउने क्रममा बिहान ५ बजे आएको पहिरोमा परि बेपत्ता भएका थापाको शव साँझ भेटिएको नेपाल रेडक्रस सोसाइटी कोटदरबार शाखाका अध्यक्ष इन्द्र आलेले जानकारी दिनुभयो ।थापाको दिनभर भिमाद र ऋषिङबाट गएको प्रहरीले खोजी गरेको थियो । थापा ऋषिङ गाउँपालिकाका सुरक्षाकर्मी समेत हुनुहुन्थ्यो ।

यस्तै बाढीले बगाएर म्याग्दे गाउँपालिका–७ का ४५ वर्षीय मैतबहादुर नेपाली बेपत्ता भएका छन् । म्याग्दे गाउँपालिका ४ घुम्तीमा रहेको पक्की पुल तर्ने क्रममा पुलमाथी बाट आएको बाढीले नेपालीलाई बगाएको प्रहरीले जनाएको छ ।
जिल्लामा बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण जिल्लाका विभिन्न भागमा  बाढी र पहिरो गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button