पक्की पुल बगाएको ठाउँमा ह्युम पाइप राख्न सुरु, सडक खुलाउने तयारी (फोटो फिचरसहित)

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ र १३ जोड्ने छाब्दी खोलामा तत्कालको लागि ह्युम पाइप राख्ने काम सुरु भएको छ ।
बेलिब्रीज राख्न केही समय लाग्ने भएपछि तत्कालको समस्या समाधानको लागि ह्युम पाइप मार्फत सडक खुलाउन लागिएको व्यास–१ वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।

गत साता बाढीले पुल भत्काएको छाब्दी दोभानबाट आवतजावतमा असहज भएको थियो । नेपाली सेनार र सशस्त्र प्रहरीको टोलीले छाब्दी खोलामा ह्युम पाइप राख्नका लागी ढुङ्गा जाली राख्न सुरु गरेको छ ।
व्यास नगरपालिकाको अनुरोधमा सेना र सशस्त्र प्रहरीले उक्त खोलामा अस्थायी समाधान निकाल्न लागेको हो । भोलि शुक्रवारसम्म ह्युम पाइप राखेर सडक खुलाउने तयारी गरिएको वडाध्यक्ष दरैले बताउनुभयो ।

उक्त खोलामा बेलिब्रिज राख्ने निर्णय भइसकेको छ । सङ्घीय सरकारको भौतिक पुर्वधार मन्त्रालय मार्फत भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने नदीमा रहेको बेलिब्रिज फुकालेर छाब्दी खोलामा ल्याइने निर्णय भएको छ ।
उक्त बेलिब्रिज जडानका लागि गण्डकी प्रदेश सरकारले ५५ लाख रुपैयाँ विनियोजन गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्