तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा ६९ तालिवान लडाकु मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

काठमाडौँ । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । 

सुरक्षाकर्मीहरुले तालिवान लडाकुहरू विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरू मारिएका हुन । मारिएका सबै तालिबान लडाकु नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरू २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकुहरूले नियन्त्रणमा लिएको घोषणा गरेका थिए । 

“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधवार आफ्नो नियन्त्रणमा लिएका छन्, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकुहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामो समयदेखि तालिवान लडाकुहरूको प्रभाव रहँदै आएको मानिन्छ । 

अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको छ भने द्वन्द्व अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरू पनि भइरहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button