तपाईँ सुन्दै हुनुहुन्छः

१ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण

File Photo

काठमाडौँ । आज देशभर १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

५ हजार ३ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय १८ र ५ हजार १ सय ३० नमुनाको एन्टीजेन परीक्षण गर्दा ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज १ हजार २ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९४ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण आज थप २९ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय २० पुगेको छ ।  

मन्त्रालयको अनुसार सङ्क्रमणका कारण ६० वर्ष भन्दा माथिका व्यक्तिको मृत्यु हुने दर उच्च छ ।  यस उमेरका ४ हजार ९ सय ९५ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button