तपाईँ सुन्दै हुनुहुन्छः

माई खोलाको पानी गाउँ पस्दा झापाका ८४ घर डुबानमा

भद्रपुर, झापा । बुधवार राति परेको अविरल वर्षापछि माई खोलाको पानीको बहाव ह्वातै बढेर गाउँमा पानी पसेपछि झापामा ८४ घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माई खोलाको पानी गाउँमा पस्दा झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका घर डुबानमा परेका छन् ।

घरभित्र साढे २ फिट जति पानी छिरेकोले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) राकेश थापाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानीय पालिकासँग समन्वय गरेर स्थानीयलाई सुरक्षित स्थानमा सारेको हो ।

खोलानजिकै रहेको मिलन बस्ती बाढीको उच्च जोखिम पर्ने भएकोले फेरि ठुलो पानी परे गाउँवासीलाई जोखिम हुनसक्ने भएकोले सुरक्षित स्थानमा सारिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

जिल्लाको कनकाई, माई, मेची, निन्दा, मावा, विरिङलगायतका नदीमा पानीको बहाव बढेको छ ।

त्यसैले नदी तथा खोला आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाढीबाट जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिले सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button