तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दे खोलाले बगाउँदा एक पुरुष बेपत्ता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको घुम्तीमा म्याग्दे खोलाले बगाउँदा एक पुरुष बेपत्ता हुनुभएको छ ।

गएरातीदेखी परेको अविरल वर्षाका कारण बढेको म्याग्दे खोलाले बगाउँदा स्थानीय ४५ वर्षीय मैते नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक युवराज तिम्लिसिनाले बताउनुभयो।

जिल्लाको म्याग्दे–४ घुम्तीमा खोला तर्ने क्रममा नेपालीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।स्थानीय र प्रहरीले बेपत्ता नेपालीको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

म्याग्दे खोला बढेर पृथ्वी राजमार्गसम्मै आएको छ । सवारी आवतजावतमा कठिनाइ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।पानी ओभरफ्लो हुँदा राजमार्ग नै जलमग्न भएको स्थानीय डोर्जे गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button