इजरायलद्वारा नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान

काठमाडौँ । इजरायलले नेपाललाई कोभिड– १९ सङ्क्रमणको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
इजरायलको तेल अवीवबाट पठाइएको भेन्टिलेटरहरू, अक्सिजन कन्सरट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य उपकरणहरू लिएर नेपाल वायुसेवा निगमको एक चार्टड हवाईजहाजले आज दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको इजरायली दूतावासले बताएको छ ।

इजरायली दूतावासका अनुसार इजरायलका लागि नेपाली राजदूत अञ्जना शाक्य र इजरायली दातृ निकाय माशाभको संयोजकत्वमा उक्त सामाग्री नेपाल ल्याइएको हो ।
इजरायली राजदूत खनान गोदेरले उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रतिनिधिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै हस्तान्तरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्