ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चितवन । नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणगढको पुल्चोकमा गैँडाकोटबाट चौबीस कोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुई बजे मृत्यु भएको हो ।
चालक न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।








प्रतिक्रिया राख्नुहोस्