साँफे–मार्तडी सडक पुनः अवरुद्ध
बाजुरा। साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ ।गएरातिको अविरल वर्षापछि पहिरा जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडक खण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सुचारु भएको थियो ।
सुचारु भएको केही दिनमै पुनः पहिरो गएपछि साँफे मार्तडी सडकको बाजुरा खण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडक खण्डको ठाउँ ठाउँमा पहिरो आएपछि बुधवार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयवासीलाईसमेत आवतजावत गर्न समस्या भएको छ ।
बुधवार देखी आएको वर्षाले बडीमालिका नगरपालिका– ४ को ओलेना र बूढीगङगाको द्वारीमा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिनुभएको छ ।
सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । ठाउँ ठाउँमा पहिरो गएर आवतजावतमा निकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्