तपाईँ सुन्दै हुनुहुन्छः

बन्दिपुरमा बाढी पहिरोबाट ७२ घरपरिवार विस्थापित (फोटो फिचर)

तनहुँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको बन्दिपुर गाउँपालिकामा धेरै असर पुगेको छ ।

बाढी पहिरोबाट गाउँपालिकामा अहिलेसम्म ७२ घर परिवार विस्थापित भएको बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।’

बन्दिपुरको खहरे, धारापानी, रामकोट र कल्चोकमा ७२ घर परिवार विस्थापित भएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

गए राती करिब १२ः०० बजेको बाढीले घर बगाएका स्थानीयसँग भेटघाट गर्न गाउँपालिका उपाध्यक्ष आज बिहान खहरे लगायतका क्षेत्रमा जानुभएको थियो ।

सम्पुर्ण गाउँपालिकाबासीलाई सुरक्षित ठाउँमा रहनु गाउँपालिका उपाध्यक्ष गुरुङले अनुरोध गर्नुभयो ।

उहाँले पहिरोले गाउँपालिका भित्रका विभिन्न सडक समेत अवरुद्ध भएको बताउनुभयो ।

केहिसमय अघि मात्रै पहिरोले अवरुद्ध डुम्रे–बन्दिपुर सडक भने सुचारु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button