तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको स्कुटरसहित एक युवकलाई पक्राउ

सप्तरी । सप्तरीमा सशस्त्र प्रहरीले चोरीको स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सप्तरीको बोदे बसाइन नगरपालिका वडा नम्बर ९ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सुभरनपट्टीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टुकमान पछाईको कमान्डमा खटिएका गस्ती टोलीले प्रदेश २–०१ ००१प ३७४० नम्बरको यामाहाको स्कुटर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय जितेन्द्र सरदारलाई पक्राउ गरेको छ ।

स्कुटर चोरी गरेर भारततर्फ भाग्न खोज्दा, सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टी गस्ती टोलीले निजलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।

चोरी गरिएको स्कुटर जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ पथरगडाबाट चोरी गरी भारततर्फ लैजाने लागेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका सरदार र यामाहाको स्कुटरसहित थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यलाई बोदे बसाइनलाई बुझाइएको सशस्त्र प्रहरी बोदे बसाइनको प्रमुख प्रहरी निरीक्षक उत्सव विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button