तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प २५३२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई रोकिराखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक सोही ठाँउका ५० वर्षीय ताराकान्त झाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान पौने ३ बजे विराटनगरमा मृत्यु ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुद्ध शान्तिका ३५ वर्षीय कमल ढुङ्गेल समेत सामान्य घाइते भएका छन् ।

उनको ओम साइ पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनाका संलग्न दुवै सवारी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button