तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

झापा । झापामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–४ जात्रुबाडी बस्ने ६१ वर्षीय विद्युत् प्राधिकरणका कर्मचारी कुलबहादुर भट्टराईको आज करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान साढे ७ः०० बजे सोही नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुईँमा लड्दा टाउकोमा चोट लागको थियो ।

गम्भीर घाइते भएका भट्टराईको उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो ।

उनी अनारमनी वितरण केन्द्र विद्युत् प्राधिकरणको कर्मचारी रहेका थिए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button