पहिरोले अवरुद्ध डुम्रे–बन्दिपुर सडक खण्ड सञ्चालनमा

तनहुँ । गएरातीदेखी परेको अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध डुम्रे–बन्दिपुर सडक खण्ड सञ्चालनमा आएको छ ।
उक्त सडक खण्डको पहिरो हटाएपछि अहिले उक्त सडक सुचारु भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो ।
सो सडकखण्डकोे पानी ट्याङ्की र गुरुदुम भन्ने स्थानमा पहिरो गएको थियो ।तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने डुम्रे–बन्दिपुर सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको थियो ।
गएरातीदेखी बन्दिपुरमा अत्यधिक वर्षा भइरहेको छ । बन्दिपुर क्षेत्रमा अत्यधिक वर्षा भएकाले सबैलाई सचेत रहन गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्