तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरले घर फर्किएका नेपाली फेरी भारत पस्दै

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा रोजगारीका लागी भारततर्फ जानेहरूको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।भारतमा कोरोना सङ्क्रमणको दर उच्च हुँदा स्वदेश फर्किएका नेपालीहरू पुनः भारततर्फ जाने क्रम बढेको हो । कोरोना सङ्क्रमणको दर घटेसँगै गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक १५ सय देखि २ हजार मानिसहरू मजदुरीका लागि भारततर्फ गइरहेका छन् ।

भारतमा कोरोना महामारी फैलिएपछि आफ्नो ज्यान बचाउन परिवारसहित गत चैत पहिलो साता नेपाल फर्किएकाहरू अहिले रोजगारी नहुँदा घर धन्दा चलाउन फेरी भारत जान थालेका छन् । महामारीबाट बाँच्न नेपाल आएका उनीहरू यता दैनिक छाक टार्न समस्या भएपछि फेरि भारततर्फ फर्किन बाध्य भएको बताउँछन् ।

भारत जानेमा सुदूरपश्चिमका पहाडी जिल्लाका मानिसहरू अधिकांश रहेका छन् । गड्डाचौकी नाकाबाट मात्र होइन कञ्चनपुरको गौरीफन्टा नाकाबाट समेत भारत जानेको लर्को उस्तै छ । भारतमा कोरोनाले उत्पात मच्चाएको बेला मजदुरीका लागि भारत जानु पर्दा उनी चिन्तित देखिन्छन् ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक २÷३ सय तथा गौरीफन्टा नाकाबाट १२ सयदेखि १५ सयसम्म नेपालीहरू मजदुरीका लागि भारततर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button