सोलुदूधकुण्डभित्रको कृषिमा एडिबीको ५० प्रतिशत अनुदान
सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकालाई एसियाली विकास बैङ्क (एडिबी)ले कृषिको प्रबद्र्धनका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।
नगरपालिका क्षेत्रभित्र किवी, स्याउ र ओखर खेती विस्तारका लागि कृषकहरूलाई ५० प्रतिशत अनुदान दिने भएको हो । नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र एसियाली विकास बैङ्कका प्रतिनिधिबिच भएको भर्चुअल वैैठकबाट नगरपालिकामा अनुदान दिने सहमति भएको हो ।
स्याउ, किवी र ओखर खेतीको उच्च सम्भावना रहेको नगरपालिकामा खेती गर्न चाहने कृषकहरूलाई लागतको ५० प्रतिशत एडिबीले दिने छ भने बाँकी बैङ्कहरू मार्फत सहुलियत कर्जा उपलब्ध गराइने नगर प्रमुख शेर्पाले बताउनुभयो । यो सहमतिले कृषिमा ठूलो लगानी भित्रिने भन्दै कृषि उत्पादन समेत वृद्धि हुने मेयर शेर्पाको विश्वास छ ।
मेयर शेर्पाको पहलमा एडिबीले कृषिमा अनुदान दिने घोषणा गरेसँगै कृषकहरूलाई राहात पुग्ने अपेक्षा गरिएको छ । अहिले नगरपालिकाको अधिकांश क्षेत्रमा किवी खेती भइरहेको छ भने यसअघि पनि स्याउको खेती भइरहेको सोलुखुम्बुमा पत्तालेमा ठूलो क्षेत्रफलमा स्याउको व्यवसायीक खेती पनि सुरु गरिएको छ । ओखरको भने व्यवसायीक खेती फस्टाउन सकेको छैन ।









प्रतिक्रिया राख्नुहोस्