तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता

काभ्रेपलान्चोक।काभ्रेको खानी खोला गाउँपालिका–६ स्थित खानी खोला नदीमा आएको बाढीले बगाएर एक युवा बेपत्ता भएका छन् ।
बुधवार खानी खोला–२ भिमसेनस्थानका २८ वर्षीय अनिल वाईबालाई बाढले बगाएको हो । बेपत्ता वाईबालाई पावर हाउस नजिकबाट नदी तर्ने क्रममा एक्कासि आएको बाढीले बगाएको थियो ।

बेपत्ता वाईबा काका बुद्ध तामाङ र खानी खोला–१ का वडा सचिव नवीन कुमार भट्टराईसँग गाउँपालिकामा ज्यालादारी गरे बापतको रकम लिन गाउँपालिका जाने क्रममा बाढीले बगाएको हो । बाढीले बगाएका वाईबा मासबारी पुल मुनिसम्म देखिएको र त्यसपछि भने नदेखिएको स्थानीयहरूले बताएका छन् ।

घटना दिउँसो भए पनि प्रहरीले साँझ मात्र थाहा पाए लगत्तै खोजी कार्यमा जुटेको र वाईबालाई बगाएको स्थानदेखि मकवानपुरको बागमती गाउँपालिकाको उत्तरी सिमाना सिक्रेदोबानसम्म खोजी गर्दा समेत नभेटिएको तालढुंगा प्रहरी चौकीका असई महेश दाहालले जानकारी दिनुभयो ।

बाढीको कारण पानी धमिलो हुँदा बेपत्ता भएका वाईबाको खोजी गर्न गाह्रो भइरहेको तालढुंगा प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button