तपाईँ सुन्दै हुनुहुन्छः

सडकको ह्युमपाइप बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर। लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । सुरुमा साना सवारी साधन सञ्चालन हुने गरी डाइभर्सन निर्माण गरिने भन्दै प्रनाउ गिरीले ठुला सवारी साधन केही बेर रोकेर राखिने बताउनुभयो । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button