छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ
स्याङ्जा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ११ वर्षीय आफ्नै छोरी जबरजस्ती करणी गरेको आरोपमा बुवालाई गरेको प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
११ वर्षीय आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा उक्त व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई करणी सम्बन्धी कसुर “जबरजस्ती करणी” मुद्दामा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट एक हप्ताको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्