तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ । पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

अधिवक्ता सरोज बुढाथोकीद्वारा हस्ताक्षरित निवेदन बुझाउन आज अधिवक्ता बुढाथोकीसँगै एमाले नेता द्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुग्नुभएको थियो ।

प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्नेमा माओवादीले २०६९ यता महाधिवेशन नगरेको र २०७३ साउन १३ मा पार्टी एकताका नाममा आयोगलाई झुटो विवरण पेस गरेकोभन्दै माओवादी केन्द्रको एकता खारेज गर्न माग गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

एमालेतिर लागेका कारण तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button