तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा जसपा नेपालको विवाद निरूपण गर्न इजलास गठन

file photo

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरूपण गर्न इजलास गठन गरेको छ ।


आयोग पदाधिकारीहरूको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । 


आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


राजनीतिक दलसम्बन्धी ऐनअनुसार हिजो दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनुवाइका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुङ्ग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button