तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या १ हजार ५० पुगेको छ । बुधवार जिल्लामा १३ जना नयाँ संक्रमित थप भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १ हजार ५० पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । 

जिल्लाको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी भोजपुर नगरपालिकामा १ सय ७५ जना देखिएको छ । यस्तै साल्पासिलिंछो गाउँपालिकामा १ सय ७२ जना, हतुवागढी गाउँपालिका १ सय ६० जना, रामप्रसाद राई गाउँपालिकामा १ सय ४७, टेम्केमैयुङ गाउँपालिकामा १ सय २ जना, षडानन्द नगरपालिकामा १ सय, आमचोक गाउँपालिका ४३, र पौवादुङमा गाउँपालिकामा २१ जना कोरोनाका संक्रमित भेटिएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । 

कार्यालयका अनुसार हालसम्म ८ सय ५३ जना संक्रमित निको भएका छन् भने ८ जनाको उपचारका क्रममा ज्यान गएको छ । भोजपुरमा हाल पीसीआर परीक्षण भन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आइरहेको छ । 

दोस्रो लहरको कोभिड–१९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन्ट परीक्षण विधिबाट ३ हजार ६ सय ६ जनाको परीक्षण गरिएकोमा ९ सय ४९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । 

भोजपुरमा हाल १ सय ६० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लाबाहिर ३२ जनालाई उपचारको लागि पठाइएको छ भन ११ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।                                                                                                                                             

प्रतिक्रिया राख्नुहोस्

Back to top button