राष्ट्रियसभामा लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले “लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६÷०७७” पेस गर्नुभयो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार दिउँसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्