तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कार्यदलको छलफल निष्कर्ष नजिक

काठमाडौँ । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल निष्कर्ष नजिक पुगेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता सहभागी कार्यदलको आज सिंहदरबारमा बसेको बैठकपछि दुवै पक्षका नेताले छलफल निष्कर्ष नजिक पुगेको बताउनुभयो ।

कार्यदलका सदस्य एवम् प्रवक्ता प्रदीप ज्ञवालीले छलफल सकारात्मक रहेको जानकारी दिनुहुँदै पार्टीभित्र देखा परेका विवाद भोलि सम्ममा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यदलका सदस्य एवम् नेता गोकर्ण विष्टले छलफल सकारात्मक रहेको र पार्टीभित्र देखा परेका विवाद समाधान निष्कर्ष नजिक पुगेको जानकारी दिनुभयो ।

नेता विष्टले २०७५ जेठ २ कै संरचना अनुसार जनवर्गीय सङ्गठनहरूलाई पूर्ववत् अवस्थामा फर्काउने, पार्टी केन्द्रीय कमिटीको सङ्ख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरूको व्यवस्थापन र अदालतको मुद्दाका विषयमा सहमति नजिक पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button